२०८३ कात्तिक १० गते सोमबार

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छः स्वास्थ्यमन्त्री मेहता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १८ गते बिहीबार ०७:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी...

काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले विभिन्न ऐनअन्तर्गत सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको संरचना र सेवा सुुविधामा एकरूपता ल्याउन ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ अघि बढाइएको बताइन् । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउन र नागरिकलाई स्तरीय विशेषज्ञ सेवा प्रदान गर्न प्रतिष्ठानहरूको व्यवस्थापन जरुरी रहेको उल्लेख गरिन् ।

मन्त्री मेहताका अनुसार हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू आ–आफ्नै छुट्टाछुट्टै ऐनद्वारा सञ्चालित छन् । पदाधिकारीहरूको पदावधि, सेवा सुविधा र संरचनामा एकरूपता नहुँदा राज्यलाई थप आर्थिक भार पर्नुका साथै प्रशासनिक जटिलता समेत उत्पन्न भएको उनले बताइन् ।

प्रकाशित मिति २०८३ असार १८ गते बिहीबार ०७:२२
हजुरको प्रतिक्रिया