२०८३ साउन २१ गते बिहीबार

पौने तीन किलो गाँजासहित स्याङ्जाका युवक पोखरामा पक्राउ

पौने तीन किलो गाँजासहित स्याङ्जाका युवक पोखरामा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १४ गते बुधबार ११:३६

स्याङ्जाका युवक पोखरामा  लागुऔषधसहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार स्याङ्जाको वालिङ–४ घर भई पोखरा– १७ घारीपाटन बस्ने २४ वर्षीय विक्रम गुरुङ दुई किलो ७३० ग्राम गाँजासहित पक्राउ परेका हुन् । प्रहरी कार्यालय, गगनगौडाबाट...

स्याङ्जाका युवक पोखरामा  लागुऔषधसहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार स्याङ्जाको वालिङ–४ घर भई पोखरा– १७ घारीपाटन बस्ने २४ वर्षीय विक्रम गुरुङ दुई किलो ७३० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी कार्यालय, गगनगौडाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा ३२ मझुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मंगलबार सवारी साधन चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

गुरुङमाथि लागुऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ११:३६
हजुरको प्रतिक्रिया