२०८३ साउन २१ गते बिहीबार

बुधबार बिहानै थपिए पोखरामा ८ जना कोरोना संक्रमित

बुधबार बिहानै थपिए पोखरामा ८ जना कोरोना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार १२:०६

बुधबार पोखरा महानगरपालिकामा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आज बिहान १०:४५ बजेसम्मको अध्यावधिक विवरणका अनुसार अन्नपूर्ण गाउँपालिकाका १ सहित कास्कीमा ९ जना संक्रमित भेटिएका...

गण्डकी प्रदेशमा २५ थपिँदा कुल संक्रमित संख्या ३५४८ पुग्यो

बुधबार पोखरा महानगरपालिकामा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आज बिहान १०:४५ बजेसम्मको अध्यावधिक विवरणका अनुसार अन्नपूर्ण गाउँपालिकाका १ सहित कास्कीमा ९ जना संक्रमित भेटिएका हुन । यता, कास्कीका ९ सहित गण्डकी प्रदेशमा बुधबार २५ जना संक्रमित थपिएका छन् ।
पोखरामा संक्रमित हुनेहरुमा वडा नं १० का ३१ बर्षीय एक पुरुषसहित  ७ बर्षीया १ बालिका समेत छिन । अन्य संक्रमितहरुमा पोखरा–१५ का ३९ र ६५ बर्षीय पुरुष, पोखरा–२० का २० र ३२ बर्षीय पुरुष, पोखरा–१७ का २६ बर्षीय महिला तथा पोखरा २७ का ७४ बर्षीय १ महिला रहेका छन । यस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिकाका ३२ बर्षीय पुरुष संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा नवलपरासी बर्दघाट सुस्तापूर्व १ जना, स्याङ्जामा ३ जना,  म्याग्दीमा १ जना, तनहुँमा ४ जना, लमजुङ्मा ५ जना र बाग्लुङ्मा २ जना संक्रमित थपिएका हुन ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५४८ पुगेको र संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार १२:०६
हजुरको प्रतिक्रिया