२०८३ साउन २१ गते बिहीबार

हर्मुज जलडमरूमध्यमा अमेरिकाद्वारा पुनः नौसैनिक नाकाबन्दीको घोषणा

हर्मुज जलडमरूमध्यमा अमेरिकाद्वारा पुनः नौसैनिक नाकाबन्दीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ३१ गते बुधबार ११:३८

एजेन्सी । अमेरिकी सेनाले सामरिक महत्वको हर्मुज जलडमरूमध्यमा पुनः नौसैनिक नाकाबन्दी शुरु गरिएको घोषणा गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा...

एजेन्सी ।

अमेरिकी सेनाले सामरिक महत्वको हर्मुज जलडमरूमध्यमा पुनः नौसैनिक नाकाबन्दी शुरु गरिएको घोषणा गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा हुने जलयातायातलाई लक्षित गरी पूर्वीय समयअनुसार मङ्गलवार दिउँसो ४ बजेदेखि नाकाबन्दी प्रभावकारी भएको जानकारी दिएको छ । सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोत र सयौँ सैन्य विमानहरू परिचालन गरिएका छन् । अमेरिकी सेना पूर्ण रूपमा सतर्क र प्रतिकारका लागि तयारी अवस्थामा छ ।’ नाकाबन्दी शुरु गर्नुभन्दा एक घण्टा अगाडि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा थप हवाई आक्रमण समेत गरेको सेन्ट्रल कमाण्डले पुष्टि गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य इरानबाहेक अन्य सबै मुलुकका जहाजहरूका लागि खुला रहने स्पष्ट पारे । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै भभनेका छन्, ‘हामीले इरानी बन्दरगाहमा आवतजावत गर्ने वा इरानी कार्गो बोकेका जहाजहरूमाथि पूर्ण नाकाबन्दी लगाउनेछौँ, तर अन्य जहाजका लागि यो मार्ग खुला रहनेछ ।’

यस कदमसँगै मध्यपूर्वमा तनाव थप बढ्ने देखिएको छ । विश्वको तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने यस जलमार्गमा लगाइएको नाकाबन्दीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति २०८३ असार ३१ गते बुधबार ११:३८
हजुरको प्रतिक्रिया