२०८३ कात्तिक ११ गते मंगलबार

१७ सय मिटरसम्म पर्‍यो हिउँ

१७ सय मिटरसम्म पर्‍यो हिउँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १४ गते बुधबार ०१:१७

काठमाडौं । वर्षातसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रसँगै आज एक हजार ७०० मिटर उचाइसम्म हिउँ परेको हो । सोलुखुम्बुको एक हजार ७०० मिटरको सल्लेरी, दोर्पु बजार ,गार्मा आसपास क्षेत्रमा हिमपात भएको...

काठमाडौं । वर्षातसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रसँगै आज एक हजार ७०० मिटर उचाइसम्म हिउँ परेको हो ।

सोलुखुम्बुको एक हजार ७०० मिटरको सल्लेरी, दोर्पु बजार ,गार्मा आसपास क्षेत्रमा हिमपात भएको सोलुखुम्बुका पत्रकार लाक्पा शेर्पाले जानकारी दिए ।

संखुवासभाको गुफापोखरी क्षेत्रको एक हजार ७०० मिटरको मंगलबारे बजार, बसन्तपुरलगायतका क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ परेको स्थानीयबासी छिरिङ लामाले बताए । उनका अनुसार पछिल्लो पाँच वर्षमा यस वर्ष तल्लो क्षेत्रसम्म हिमपात भएको छ ।

हिमपातसँगै उच्चपहाडी क्षेत्रका किसान हर्षित भएका छन् । हिमपातले माटोमा उर्वराशक्ति बड्ने भएकाले अन्नबाली सप्रिने गर्छ ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ०१:१७
हजुरको प्रतिक्रिया