२०८३ कात्तिक १० गते सोमबार

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ६ गते बुधबार ०२:५४

दुर्घटनामा परि घाइते भएका मध्ये केही घाइतेको उपचार मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

पोखरा ।

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स बुधबार गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार गाडी अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।

दुर्घटनामा परि घाइते भएका मध्ये केही घाइतेको उपचार मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

गाडीचालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

 

प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०२:५४
हजुरको प्रतिक्रिया