२०८३ कात्तिक १० गते सोमबार

भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ९ गते शनिबार ११:२९

एजेन्सी\सिन्ह्वा । विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा...

एजेन्सी\सिन्ह्वा ।

विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ ।

मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् ।

आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीवारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

भारी वर्षा र बाढीले ठूलो संख्यामा सर्वसाधारणलाई घरबारविहीन बनाएको छ । मनसुन तिब्र भएसँगै आसामका साथै विशेषगरी गुजरात र महाराष्ट्रमा पनि बाढीको जोखिम बढेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृष्यहरूमा महाराष्ट्रका सहरी क्षेत्रहरू जलमग्न भएको देखिएको छ, जहाँ सवारी साधनहरू डुबानमा परेका छन् ।

साथै, सडक तथा पुल जस्ता भौतिक पूर्वाधारहरूमा पनि पूर्ण वा आंशिक रूपमा क्षति पुगेको छ ।

विभिन्न नदीहरूमा जलस्तर बढेर गाउँ तथा सहरका आवासीय क्षेत्रमा पानी पसेपछि जनजीवन कष्टकर बनेको छ ।

बाढीका कारण कृषि बाली र चौपायामा समेत व्यापक क्षति पुगेको छ ।

प्रकाशित मिति २०८३ साउन ९ गते शनिबार ११:२९
हजुरको प्रतिक्रिया