पोखरा ।
चिकित्सक संघद्वारा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरेसंगै अस्पतालहरुमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् ।
नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरेसंगै अस्पतालहरुमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् ।
स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी ओपीडी टिकट नपाएर अलपत्र परेका छन् । ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो ।
नारायणी अस्पतालमा वीरगञ्जमा डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् ।
गएको साउन ९ गते नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाहीको माग गरेको छ ।
घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कारबाही गर्न संघले माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरे पनि त्यसको पालना भएको छैन ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल गरेका छन् ।
दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ ।
स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ ।
विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपु¥याइ स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ ।





