२०८३ साउन २१ गते बिहीबार

चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा ठप्प

चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा ठप्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १२ गते मंगलबार ०२:३०

पोखरा । नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको...

पोखरा ।

नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेको हो । जसबाट बिरामीहरु मर्कामा परेका छन् ।

गत शनिबार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको संघले बताएको छ ।

साथै संघले जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रिय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुव्र्यवहार गरेको आरोप पनि लगाएको छ ।

घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै चिकित्सक संघले मंगलवार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघले दोषिमाथि कारबाही नगरे आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ ।

प्रकाशित मिति २०८३ साउन १२ गते मंगलबार ०२:३०
हजुरको प्रतिक्रिया