२०८३ कात्तिक ११ गते मंगलबार

बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु

बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १४ गते बुधबार ०४:३७

बागलुङ । बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बडिगाड–२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरबोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको कामगर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी...

बागलुङ । बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

बडिगाड–२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरबोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको कामगर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार गिरीको पाइपलाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको हो । महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको थियो ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ०४:३७
हजुरको प्रतिक्रिया