२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा हिउँमा परेर एक जना बेपत्ता, तीन जना अलपत्र

म्याग्दीमा हिउँमा परेर एक जना बेपत्ता, तीन जना अलपत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १५ गते बिहीबार ०६:१४

म्याग्दी । म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता भएका छन् । जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् । अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । रामबहादुरसहित...

म्याग्दी । म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।

जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् ।

अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

प्रकाशित मिति २०७८ पुस १५ गते बिहीबार ०६:१४
हजुरको प्रतिक्रिया