गण्डकी प्रदेशमा थप ५६ जना संक्रमित
पाेखरा । बुधबार पाेखरामा थप १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बुधबार दिउँसाे ४:०० बजेसम्मको अध्यावधिक विवरणका अनुसार अन्नपूर्ण गाउँपालिकाका १ सहित कास्कीमा थप १४ जना संक्रमित भेटिएका हुन । यता, कास्कीका १४ सहित गण्डकी प्रदेशमा बुधबार ५६ जना संक्रमित थपिएका छन् ।
पोखरामा संक्रमित हुनेहरुमा वडा नं १० का ३१ बर्षीय एक पुरुषसहित ७ बर्षीया १ बालिका समेत छिन । अन्य संक्रमितहरुमा पाेखरा– ८ का १५ र १८ बर्षीय २ जना पुरूष तथा ३८ बर्षीय १ महिला गरि ३ जना, पाेखरा– ११ र १४ का क्रमश ३६ र २३ बर्षीय महिला रहेका छन । यस्तै, पोखरा–१५ का ३९ र ६५ बर्षीय पुरुष, पोखरा–२० का २० र ३२ बर्षीय पुरुष, पोखरा–१७ का २६ बर्षीय महिला तथा पोखरा २७ का ७४ बर्षीय १ महिला रहेका छन ।
यस्तै कास्कीकै अन्नपूर्ण गाउँपालिकाका ३२ बर्षीय पुरुष संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा नवलपरासी बर्दघाट सुस्तापूर्व १ जना, स्याङ्जामा ६ जना, म्याग्दीमा १ जना, तनहुँमा १५ जना, लमजुङमा ५ जना र बाग्लुङमा १० जना, पर्वतमा ४ जना, संक्रमित थपिएका हुन ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको र संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।





