२०८३ कात्तिक ११ गते मंगलबार

भारतमा देशव्यापी कोभिड संक्रमण बढ्दो, ९६१ मा ओमिक्रोन देखियो

भारतमा देशव्यापी कोभिड संक्रमण बढ्दो, ९६१ मा ओमिक्रोन देखियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १६ गते शुक्रबार १०:५९

नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भन्नुभयो । उहाँका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । भारतमा ओमिक्रोत संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन् ।

प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार १०:५९
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४