२०८३ असोज २३ गते शुक्रबार

सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव मागेको ?

सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव मागेको ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २८ गते बिहीबार ०२:२०

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै उनले सरकारको...

काठमाडौं ।

राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाएकी छन् । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदह (जलसमाधि) जस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण समेत गराइन् । उनले सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क गरिन् । ‘नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरू लक्षित गर्दै उनले ‘सिक्दै छौँ’ भन्ने बहाना नबनाउन चेतावनी समेत दिइन् । उनले जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताको आधारमा ३५ वर्षको हिसाब मागेको ? भन्दै प्रश्न गरिन् ।

उनले ग्यास जस्ता आधारभूत आवश्यकता समेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले नैतिकताको आधार गुमाउँदै गएको टिप्पणी गरिन् । जनताका प्रश्नहरूबाट विचलित नहुन आग्रह गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गरिन् ।

प्रकाशित मिति २०८३ साउन २८ गते बिहीबार ०२:२०
हजुरको प्रतिक्रिया