२०८३ कात्तिक १० गते सोमबार

म्यानमारमा भीषण बाढीका कारण ३२ नगर क्षेत्र प्रभावित, ६० हजारभन्दा बढी विस्थापित

म्यानमारमा भीषण बाढीका कारण ३२ नगर क्षेत्र प्रभावित, ६० हजारभन्दा बढी विस्थापित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १ गते सोमबार १२:००

एजेन्सी । म्यानमारमा जुलाईको मध्यदेखि शुरु भएको बाढीका कारण हालसम्म नौवटा क्षेत्र र राज्यका ३२ वटा टाउनसिप (नगरपालिका) प्रभावित भएका छन् । म्यानमार रेडियो र टेलिभिजनले विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको...

एजेन्सी ।

म्यानमारमा जुलाईको मध्यदेखि शुरु भएको बाढीका कारण हालसम्म नौवटा क्षेत्र र राज्यका ३२ वटा टाउनसिप (नगरपालिका) प्रभावित भएका छन् ।

म्यानमार रेडियो र टेलिभिजनले विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । बाढीबाट विशेषगरी कचिन राज्य, कायिन राज्य, सागाइङ क्षेत्र, बागो क्षेत्र, मगवे क्षेत्र, मण्डले क्षेत्र, मोन राज्य, सान राज्य र इरावदी क्षेत्र बढी प्रभावित भएका छन् । विपद् व्यवस्थापन विभागका अनुसार बाढीका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । विस्थापित नागरिकहरूलाई सुरक्षित राख्न प्रभावित ३२ वटा टाउनसिपहरूमा १२६ वटा राहत शिविर तथा आश्रयस्थलहरू सञ्चालनमा ल्याइएको छ । गत जुलाईको मध्यदेखि परेको भारी वर्षासँगै नदी तथा खोलाहरूमा जलस्तर बढेर तटबन्धहरू नाघेपछि बाढीको प्रकोप शुरु भएको थियो । शुरुवाती चरणमा मोन राज्य र बागो क्षेत्रमा बाढीले क्षति पु¥याएको थियो भने पछि अन्य राज्य र क्षेत्रहरूमा पनि प्रकोप फैलिएको हो । इरावदी क्षेत्रमा भने तटबन्ध फुट्दा ठूलो भूभाग जलमग्न भएको समाचारमा उल्लेख छ ।

राहत तथा उद्धार कार्यका सम्बन्धमा प्राप्त जानकारी अनुसार, गत बुधबारसम्म बाढी प्रभावितहरूका लागि १७ करोड क्याट (करिव ८० हजार ९५२ अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराइएको छ । सरकारले प्रभावित क्षेत्रहरूमा राहत वितरण कार्यलाई अझै निरन्तरता दिइरहेको बताइएको छ ।

प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार १२:००
हजुरको प्रतिक्रिया