२०८३ असोज २३ गते शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार १०:४३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा...

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् ।

प्रतिपक्ष दलका सांसदहरुको अवरोधकाबिच सभामुखले संसदका कामकारबाही अगाडि बढाउँदै आएका छन् ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार १०:४३
हजुरको प्रतिक्रिया