२०८३ कात्तिक १० गते सोमबार

वन्यजन्तु र छाडा चौपाया व्यवस्थापनमा ठोस कदम चाल्न सांसद ताहिर अलि भाटको माग

वन्यजन्तु र छाडा चौपाया व्यवस्थापनमा ठोस कदम चाल्न सांसद ताहिर अलि भाटको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ८ गते सोमबार ०२:२४

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले वन्यजन्तु तथा छाडा चौपायाका कारण सिर्जित समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा...

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले वन्यजन्तु तथा छाडा चौपायाका कारण सिर्जित समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेका हुन् ।

सांसद भाटले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिए ।

उनले बाघलाई ट्रान्समिटर जडान गर्ने र हात्तीको आवतजावत ट्रयाक गर्ने जस्ता कार्यले संरक्षणमा मद्दत पुग्ने बताउँदै सो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

वन्यजन्तुले पु¥याएको धनजनको क्षतिका कारण जनतामा तिब्र आक्रोश रहेको र यसले जनप्रतिनिधिहरूलाई जनदबाब झेल्नुपरेको उनको भनाइ छ ।

सांसद भाटले बाँदर, निलगाई, बँदेल र दुम्सी जस्ता वन्यजन्तुको समस्याका साथै देशैभरि चुनौतीका रूपमा रहेको छाडा पशु चौपायाको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘विशेष गरी तराई क्षेत्रमा छाडा छोडिएका गाई र गोरुले किसानको धानबालीमा व्यापक क्षति पु¥याइरहेका छन् । यस्ता छाडा पशुहरूको उचित संरक्षण र व्यवस्थापनको विषयलाई पनि समितिको कार्यसूचीमा समावेश गर्न आवश्यक छ ।’

वन्यजन्तुलाई खेतीपातीमा क्षति पु¥याउनबाट रोक्न जंगलभित्रै उनीहरूको आहार व्यवस्थापन गर्नुपर्ने सुझाव उनले दिए ।

वन क्षेत्रमा वन्यजन्तुलाई उपयुक्त हुने फलफूल र बोटबिरुवाहरू उत्पादन गरेमा उनीहरू मानव बस्तीमा नआउने उनको तर्क छ ।

साथै, बाँदर जस्ता वन्यजन्तुबाट जोगिन किसानहरूले ‘ड्रयागन फ्रुट’ जस्ता काँडा हुने वैकल्पिक बालीको खेती गर्नसक्ने र यस्ता अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८३ भदौ ८ गते सोमबार ०२:२४
हजुरको प्रतिक्रिया