२०८३ असोज २३ गते शुक्रबार

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ४ जनाकाे उम्मेदवारी दर्ता

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ४ जनाकाे उम्मेदवारी दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ८ गते सोमबार १०:१३

महासचिव पदमा तारानाथ ढुंगाना र सुदिप प्रधानांगले उम्मेद्वारी दिएका छन्। यस्तै, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु चुनावी मैदानमा छन् । उप–महासचिव पदमा यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिना भिड्ने छन् । 

अबकाे नेतृत्व कस्काे ?

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

भदौ २० र २१ गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल (शंकर पेपर वर्कस्), उत्तममान बुद्धाचार्य (एलिगेन्स ट्रेड सेन्टर), बलराम आचार्य (नव आचार्य फेन्सी स्टोर्स) र शोभा गौतम (सुप्रिम सप्लायर्स) ले उम्मेद्वारी दर्ता गराएका छन् ।

अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । आचार्य अहिलेको समितिमा वाणिज्यतर्फका उपाध्यक्ष हुन् भने गौतम महासचिव हुन् । पोखरेल यसअघि अध्यक्ष पदमा दुईपटक पराजित भइसकेका व्याक्ति हुन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोलाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष (उद्योग) तर्फ सौगात थापा र ललितबहादुर कुँवर छन् । उपाध्यक्ष (वाणिज्य) पदका लागि भीम गौतम र मनोजकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

वस्तुगततर्फ सदस्य ४ मा ४ र औद्योगिक सदस्यमा १ मा जनाको मात्रै उम्मेदवारी परेको छ

महासचिव पदमा तारानाथ ढुंगाना र सुदिप प्रधानांगले उम्मेद्वारी दिएका छन्। यस्तै, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु चुनावी मैदानमा छन् । उप–महासचिव पदमा यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिना भिड्ने छन् ।

सदस्यमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल प्रतिस्पर्धामा छन् भने औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको उम्मेदवारी परेको छ ।

वस्तुगतबाट ४ जना र औद्योगिकबाट १ जना सदस्य निर्वाचित हुन्छन् । सोही अनुसार उम्मेद्वारी दर्ता भएपनि निर्वाचनको प्रक्रिया अझै बाँकी रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्न नसकिएको संघले जनाएकाे छ ।

भदौ ११ गते ४ बजेसम्म नामावली फिर्ताको समय रहनेछ। नामावली फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशित हुनेछ ।

प्रकाशित मिति २०८३ भदौ ८ गते सोमबार १०:१३
हजुरको प्रतिक्रिया