२०८३ असोज २३ गते शुक्रबार

राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग

राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ९ गते मंगलबार ११:३०

पोखरा । सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको...

पोखरा ।
सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक र व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिँदै बाल यौन हिंसाका मुद्दाहरूलाई ‘फास्ट ट्रयाक कोर्ट’ मार्फत कारबाही गरी हदैसम्मको सजाय दिन माग गरिन् ।
सांसद सोमनाथ पोर्तेलले पीडित परिवारलाई दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको कडा आलोचना गरे । उनले नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गरे
यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारको तथ्यांक डरलाग्दो रूपमा बढेको उल्लेख गर्दै यसले सिंगो समाज र परिवारलाई विखण्डन गरिरहेको बताइन् ।

प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार ११:३०
हजुरको प्रतिक्रिया