२०८३ साउन २१ गते बिहीबार

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ०२:५०

काठमाडौँ । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ । आज आइतबार बिहान केप टाउनस्थित संसद भवनमा आगलागी भएको हो । सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न सकिन्छ...

काठमाडौँ । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ ।

आज आइतबार बिहान केप टाउनस्थित संसद भवनमा आगलागी भएको हो ।

सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न सकिन्छ ।

ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ।

आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि छैनन् भन्ने यकिन भएको छैन।

आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ०२:५०
हजुरको प्रतिक्रिया