२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ

भोटेकोशीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १३ गते शनिबार ११:५५

पोखरा । भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको...

पोखरा ।

भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रवक्ता थापाकाअनुसार उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँसमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ ।

गल्छी गाउँपालिका–४ बेल्खुखोला त्रिशूली नदी किनारमा सेफ भेटिएको थियो । तर आफूखुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति २०८३ भदौ १३ गते शनिबार ११:५५
हजुरको प्रतिक्रिया