२०८३ साउन २१ गते बिहीबार

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ०४:१०

वीरेन्द्रनगर — ट्र्याक्टर दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे२त ११५७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दैलेखको महाबु गाउँपालिका–५ का २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ । जिल्ला...

वीरेन्द्रनगर — ट्र्याक्टर दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे२त ११५७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दैलेखको महाबु गाउँपालिका–५ का २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–७ स्थित नागमोडमा अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना भएको हो । ट्र्याक्टर मोडबाट ५० मिटर तल खसेको ट्राफिक इन्चार्ज उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

ट्र्याक्टरमा सहचालकसहित अन्य तीन जना पनि सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ०४:१०
हजुरको प्रतिक्रिया