२०८३ असोज २३ गते शुक्रबार

विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको १ करोड सहयोग

विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको १ करोड सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १६ गते मंगलबार १२:१८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १...

काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरो प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्का बेला जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको जनाउँदै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति २०८३ भदौ १६ गते मंगलबार १२:१८
हजुरको प्रतिक्रिया