२०८३ साउन २१ गते बिहीबार

पाल्पा बस दुर्घटनाः ज्यान गुमाएका सबैको सनाखत

पाल्पा बस दुर्घटनाः ज्यान गुमाएका सबैको सनाखत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १९ गते सोमबार १२:०१

पाल्पा । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने सबैको सनाखत भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएको हो । सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन्...

पाल्पा । पाल्पाको लघुवामा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने सबैको सनाखत भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएको हो ।

सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।

बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा ओरालो घुम्तीमा दुर्घटना भई ६० मिटर तल खसेको हो ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार १२:०१
हजुरको प्रतिक्रिया