२०८३ साउन २१ गते बिहीबार

पाेखरामा बाघकाे छालासहित एक युवा पक्राउ

पाेखरामा बाघकाे छालासहित एक युवा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार ०८:३६

पोखरा । कास्की प्रहरीले पोखराको शिसुवाबाट अबैध बाघको छाला र सालकको खपेटासहित एकजना युवालाई पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित...

पोखरा । कास्की प्रहरीले पोखराको शिसुवाबाट अबैध बाघको छाला र सालकको खपेटासहित एकजना युवालाई पक्राउ गरेको छ ।

धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं ३ को ३–०२–०११ प. ७८०६ नम्बरको मोटरसाइकलमा पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ जाँदै गर्दा मंगलबार साँझ ६.३० बजे कास्की प्रहरीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका लामिछानेको साथबाट जेब्रा झोलामा राखिएकाे अवस्थामा अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको कास्की प्रहरीले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०८:३६
हजुरको प्रतिक्रिया