२०८३ कात्तिक १० गते सोमबार

पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पु¥याउँदै धादिङका किसान

पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पु¥याउँदै धादिङका किसान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २१ गते आइतबार १२:३०

पोखरा । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन...

पोखरा ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन् ।

वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन् ।

भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो ।

पहिरोग्रस्त क्षेत्रमा खसेका ढुङ्गा र लेदो माटोको प्रवाहका बीच कृषि सामग्री ढुवानी गर्दा कृषकहरूले ठूलो सास्ती खेप्नु परेको छ ।

उत्पादित वस्तु बजारसम्म पु¥याउन नसके लगानी डुब्ने डरले उनीहरू यसरी जोखिमपूर्ण रूपमा बजारतिर आउन विवश भएका हुन् ।

अवरुद्ध र जोखिमयुक्त बाटोका कारण बजारीकरणमा समस्या उत्पन्न हुँदा स्थानीय किसानको आयआर्जनमा समेत गम्भीर असर पुगेको छ ।

गत भदौ १० गतेको त्रिशूली नदीको बाढीका कारण कृष्णभीर, परेवाभीर लगायतका नदी तटिय क्षेत्रको सडक अवरुद्ध छ ।

प्रकाशित मिति २०८३ भदौ २१ गते आइतबार १२:३०
हजुरको प्रतिक्रिया