२०८३ साउन २१ गते बिहीबार

भारतमा स्थिति फेरि भयावह- एकैदिन १२४ को मृत्यु

भारतमा स्थिति फेरि भयावह- एकैदिन १२४ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार १२:१९

छिमेकी मुलुक भारतमा कोभिडको तेस्रो लहरले फेरि गति लिन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो अवधिमा १२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा संक्रामकताको दर ३.२४ प्रतिशत...

पछिल्लो २४ घण्टामा ३७,३७९ नयाँ संक्रमित थपिए

छिमेकी मुलुक भारतमा कोभिडको तेस्रो लहरले फेरि गति लिन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो अवधिमा १२४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा संक्रामकताको दर ३.२४ प्रतिशत छ र यतिबेला कोभिड–१९ का कुल सक्रिय मामिला १,७१,८३० पुगेका छन् जबकी यो महामारीका कारण हालसम्म देशमा ४,८२,०१७ जनाको मृत्यु भएको छ ।

केन्द्र सरकारले हालसम्म राज्य र केन्द्र शासित प्रदेशलाई १५२.९६ करोडभन्दा बढी कोभिड भ्याक्सिनको डोज दिएको छ र १९.६९ करोडभन्दा बढी भ्याक्सिनको डोज अहिले पनि राज्य र केन्द्र शासित प्रदेशसँग उपलब्ध छ । भारतमा कोभिडका संक्रमित बढेसँगै खुला सिमाका कारण नेपालमा पनि संक्रमण बढनसक्ने भएपनि रोकथामका लागि सरकारले कुनै कदम चालेको देखिँदैन ।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार १२:१९
हजुरको प्रतिक्रिया