२०८३ भदौ २६ गते शुक्रबार

सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ

सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २६ गते शुक्रबार ०३:२६

उनले भनिन्, ‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।’

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

उनले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको गुनासोहरु आउने गरेको समेत बताइन् । यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र ? भन्दै उनले प्रश्न गरिन् ।

उनले बजारमा ग्यास नभए सरकारले स्पष्ट रुपमा नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताइन् । उनले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने तर्क पनि गरिन् ।

उनले भनिन्, ‘यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।’

उनको ग्यासको आपूर्ति सहज बनाउनतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति २०८३ भदौ २६ गते शुक्रबार ०३:२६
हजुरको प्रतिक्रिया