२०८३ कात्तिक ११ गते मंगलबार

देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार ०१:०५

पोखरा । देशभर आज (मंगलबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो...

पोखरा । देशभर आज (मंगलबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भू-भागमा हुस्सुरकुहिरो लागेको छ।

मंगलबार दिउँसो सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।

यस्तै, राती सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।

सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार ०१:०५
हजुरको प्रतिक्रिया