२०८३ असोज २३ गते शुक्रबार

जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग

जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ३० गते मंगलबार ०२:३३

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधि सभाको मंलगबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताए ।

उनले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनामा बेपत्ताको खोजी कार्यको पछिलो अवस्थाबारे समेत सरकारसँग जवाफ माग गरे ।

सांसद मल्लले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी त्यसको औपचारिक जानकारी पीडित परिवार र आम नागरिकलाई दिन सरकारसँग माग गरे ।

उनले बाढीपीडित परिवार आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा रहेको उल्लेख गरे ।

उनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि प्रहरी संगठनले राहत घोषणा गरेजस्तै मृतकका परिवारलाई राहत र उद्धारका लागि सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरे ।

उनले भने, ‘जलविद्युत आयोजनाका सुरुङहरुमध्ये कति वटामा खोज र उद्धार कार्य सम्पन्न भयो ? कति वटामा जारी छ ? माथिल्लो त्रिशूली ए (२१६ मेगावाट)को खोजि कार्यको पछिल्लो अवस्था के छ ? धेरै जना पीडितहरु आफन्तको अन्तिम संस्कार गर्नको लागि डिएनए रिपोर्टको पर्खाईमा हुनुहुन्छ । परीक्षण कहिले सकिन्छ र आम नागरिकले त्यसको औपचारिक जानकारी कहिले पाउँछन् ? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक परिवारको राहत तथा उद्धार कार्यको लागि सरकारले राहत प्याकेज कहिलेसम्म घोषणा गर्छ ? होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेखि शुरु हुन्छ ? बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल शुरु गरियोस् ।’

उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल शुरु गर्न तथा बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाका कार्यक्रम पनि तत्काल सञ्चालन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति २०८३ भदौ ३० गते मंगलबार ०२:३३
हजुरको प्रतिक्रिया