२०८३ असोज २३ गते शुक्रबार

राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित

राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १ गते बिहीबार १२:१४

पोखरा । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ । समितिको बिहीबार बसरको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकको प्रतिवेदन...

पोखरा ।

राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।

समितिको बिहीबार बसरको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो ।

उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए । समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेश गर्ने उनले बताए ।

प्रतिवेदनलाई अन्तिम रुप दिन उनले समिति सचिवलाई निर्देशन दिए ।

समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।

समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति २०८३ असोज १ गते बिहीबार १२:१४
हजुरको प्रतिक्रिया