२०८३ असोज २३ गते शुक्रबार

टुँडिखेलमा मनाइयो संविधान दिवस

टुँडिखेलमा मनाइयो संविधान दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ३ गते शनिबार १२:१५

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२÷६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

पोखरा ।

आज संविधान दिवस तथा राष्ट्रिय दिवस, संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२÷६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

यसैबीच संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनले उल्लेख गरे । उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी पनि गरे ।

टुँडिखेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो ।

दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशमार्फत् संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

प्रकाशित मिति २०८३ असोज ३ गते शनिबार १२:१५
हजुरको प्रतिक्रिया