२०८३ असोज २३ गते शुक्रबार

शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः साह

शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः साह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ३ गते शनिबार १२:२२

उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरुको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताए ।

हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उनको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताए ।

उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरुको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’

प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति २०८३ असोज ३ गते शनिबार १२:२२
हजुरको प्रतिक्रिया