२०८३ साउन २१ गते बिहीबार

चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २१ गते बुधबार १०:४७

काठमाडौँ । चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा एक/एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका – ४ का ६५ वर्षीय देवनारायण...

काठमाडौँ । चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा एक/एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – ५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका – ४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।

यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेको जनाएका छन् ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार १०:४७
हजुरको प्रतिक्रिया