२०८३ असोज २३ गते शुक्रबार

एन प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयबाट बाढीपीडितलाई सहयोग

एन प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयबाट बाढीपीडितलाई सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ६ गते मंगलबार १२:१५

पोखरा । नेसनल प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनःस्थापनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा...

पोखरा ।

नेसनल प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनःस्थापनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।

बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले एन प्याब्सन कास्की मार्फत विभिन्न विद्यालयले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम हस्तान्तरण गर्ने गरी सहयोग गरेका हुन् ।

यसरी सहयोग हस्तातरण गर्नेमा पोखरा–५ मा रहेको हिलसाइड इङ्लिस सेकेन्डरी स्कुलबाट ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

उक्त रकम विद्यालयका प्रिन्सिपल डिल्लिराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम बरालले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, उपाध्यक्ष राजु केसी, कोषाध्यक्ष राजु कायस्थलाई हस्तान्तरण गरेका थिए ।
पोखरा– २ मा अवस्थित लाविन रेसिडेन्सियल स्कुलबाट विद्यालयका सञ्चालक समिति अध्यक्ष दिपु भारी र विद्यालयका प्रिन्सपल रोजीना श्रेष्ठले ७७ हजार ७ सय ७७ रुपैया एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् । यसअघि विद्यालयको तर्फबाट प्रधानमन्त्री राहतकोषमा १ लाख १ रुपैया सहयोग गरिसकेको छ ।

त्यस्तै पोखरा–२६ मा अवस्थित अल्फा एकेडेमीबाट विद्यालयका प्रिन्सिपल रमेशराज पौडेल, एकेडेमीक डिन सञ्जीव पौडेल र अल्फा बाल क्लबकी अध्यक्ष रोजीना पुरीले ७१ हजार, पोखरा–२६ को ओएसिस सेकेण्डरी स्कुलबाट विद्यालयका प्रिन्सिपल हेम रानाभाट, सञ्चालक महेन्द्र पौडेल, भाइस प्रिन्सिपल सुविन तिम्सिनाले ५१ हजार ५ सय एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी पोखरा–२९ को होली माउन्ट इङ्लिस स्कुलबाट विद्यालयका प्रिन्सिपल तोलाकान्त पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङले ५१ हजार ५ सय र पोखरा–३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज मा.वि. बाट प्रिन्सिपल अर्जुनप्रसाद अधिकारी, एकेडेमीक डिन टंकराज सुवेदी, सञ्चालक मित्र बन्धु सुवेदीले ४० हजार रुपैया एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेका छन् ।

यस अघि ज्ञानज्योतिले नेपाल रेडक्रस सोसाईटी मार्फत २५ हजार रुपैया सहयोग गरिसेको छ । ती विद्यालयले विद्यालय प्रशासन विद्यालयका कर्मचारी, विद्यार्थी मार्फत रकम संकलन गरेका थिए ।

रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले यी विद्यालयले एन प्याब्सन कास्की मार्फत प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गर्ने गरी हस्तान्तरण गरेका हुन् ।

एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङकाअनुसार बाढीपहिरोका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउने मानवीय उद्देश्यले विद्यालय तथा शैक्षिक संस्थाहरूबाट संकलित रकम केन्द्रीय समिति मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

विपद्का बेला निजी तथा संस्थागत विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित समुदायलाई गरेको सहयोग उल्लेखनिय रहेको उनको भनाई थियो ।

अध्यक्ष गुरुङले प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति हुने भएकाले पीडितको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको सामूहिक प्रयासबाट संकलित सहयोगले विपतमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे ।

एन प्याब्सन कास्कीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आफ्नो संस्थागत सहभागिता निरन्तर जारी राख्ने जनाएको छ ।

बाढीपहिरोजस्ता विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न शैक्षिक संस्था, स्थानीय समुदाय, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको अध्यक्ष गुरुङको भनाइ छ ।

प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार १२:१५
हजुरको प्रतिक्रिया