२०८३ असोज २३ गते शुक्रबार

प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब

प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ७ गते बुधबार १२:१९

पोखरा । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनस्र्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई...

पोखरा ।

सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनस्र्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।

सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन् ।

उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्वतयारीबारे समेत प्रश्न गरिन् ।

सांसद शर्माले भनिन्, ‘दशैं–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले वाह्य कारण देखाएर पन्छिने गरेको छ ।’

त्यस्तै सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनस्र्थापना प्याकेज घोषणा गर्न माग गरे ।

सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रस्ट पार्नुपर्ने र मृतकसरहको राहत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

सञ्चार क्षेत्रको विषय उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाए ।

उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले संकटमा पारेको आरोप लगाए ।

सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहो¥याए भने सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

साथै, सांसद भरत गिरीले चाडपर्वको अवसरमा हुने सडक दुर्घटना न्युनिकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ गर्न सुझाव दिए ।

प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार १२:१९
हजुरको प्रतिक्रिया