२०८३ असोज २३ गते शुक्रबार

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ७ गते बुधबार ०१:२०

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेको जानकारी संसदलाई गराइएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएका दैनिक प्रशासनिक कार्यहरू अब...

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेको जानकारी संसदलाई गराइएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएका दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा. स्वर्णम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको प्रतिनिधि सभाको बुधबारको बैठकमा जानकारी गराइएको हो ।

सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने कामकारबाहीबारे जानकारी गराइएको हो ।

प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार ०१:२०
हजुरको प्रतिक्रिया