२०८३ असोज २२ गते बिहीबार

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बन्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १० गते शनिबार ०२:४५

अविरल वर्षाका कारण सेती नदीको जलस्तर थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ ।

पोखरा ।

अविरल वर्षासँगै सेती नदीको बहाव बढेपछि पोखरा महानगरपालिका–११ स्थित रामघाटमा नदी थुनिएर ताल बनेको छ ।

साँघुरो निकासका कारण नदीको पानी सहज रूपमा बग्न नसक्दा रामघाट क्षेत्रमा पानी जमेर तालको स्वरूप लिएको हो ।

नदीको बहाव बढ्दै गएपछि रामघाट आसपासको तटीय क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कास्की प्रशासनले सेती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र नदी किनारमा नजान आग्रह गरेको हो ।

अविरल वर्षाका कारण सेती नदीको जलस्तर थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ ।

नदीमा पानीको बहाव बढ्दा रामघाटमा यसअघि पनि पानी जम्ने तथा आसपासका क्षेत्रमा जोखिम बढ्ने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति २०८३ असोज १० गते शनिबार ०२:४५
हजुरको प्रतिक्रिया