२०८३ साउन २१ गते बिहीबार

पाेखरामा अवैध लागूऔषध गाँजासहित एक किशाेर पक्राउ

पाेखरामा अवैध लागूऔषध गाँजासहित एक किशाेर पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २१ गते बुधबार ०४:१३

पाेखरा । पाेखरामा अवैध लागूऔषध गाँजासहित म‌गंलबार साँझ एक किशाेर पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित रसुवाकाे नौकुण्ठ गाउँपालिका-५ बस्ने १८ वर्षीय...

पाेखरा । पाेखरामा अवैध लागूऔषध गाँजासहित म‌गंलबार साँझ एक किशाेर पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित रसुवाकाे नौकुण्ठ गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

बा.३ ख ८४५७ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार ०४:१३
हजुरको प्रतिक्रिया