२०८३ असोज २३ गते शुक्रबार

यी हुन् कास्की २ बाट चुनिएका महाधिवेशन प्रतिनिधि

यी हुन् कास्की २ बाट चुनिएका महाधिवेशन प्रतिनिधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १५ गते बिहीबार ०२:४८

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएको छ ।  नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा खुल्लातर्फ केन्द्रीय प्रवक्ता समेत रहेका देवराज...

पोखरा ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएको छ ।  नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा खुल्लातर्फ केन्द्रीय प्रवक्ता समेत रहेका देवराज चालिसेले ३ सय ९४ मत ल्याएका विजयी भएका छन् । गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बिन्दुकुमार थापाले ३ सय ३५ मत ल्याए । त्यस्तै अर्का विजेता किरण केसीले ३ सय ६२ मत पाएका छन् ।

खुला १० पदका लागि २४ जना चुनावी मैदानमा थिए । विजयी हुनेहरुमा केशरप्रसाद निर्दाेसी, चोलेन्द्र पौडेल, दिनेश आचार्य, माधवप्रसाद बास्तोला मधु, मुकुन्द बास्तोला ज्वाला, विजयराज आचार्य, विरेन्द्रनारायण विजुक्छे छन् ।

खस आर्य खुल्लातर्फ २ सिटका लागि भएको चुनावमा दामोदर चालिसे र मदन बस्नेत विजयी भए । खस आर्य महिलातर्फ २ सिटमा कुमारी मुना बास्तोला र दुर्गादेवी केसी विजयी भए ।

महिलातर्फको ४ सिटमा कोपिला तिवारी, नम्रता बराल, लक्ष्मी पाण्डे, र शारदा गिरी विजयी भइन् । यो पदमा ९ जना प्रतिस्पर्धामा रहेकामा संविधान सभा सदस्य बृन्दादेवी आले मगर पराजित भएकी छन् ।

आदिवासी जनजाति खुल्लातर्फ २ सिटमा बलबहादुर रानामगर (कान्छा) र लीलकाजी गुरु गुरुङ विजयी भए ।

युवा खुल्लातर्फ २ सिटमा सौगात थापा र गौरव बराल महाधिवेशन प्रतिनिधि चुनिए । अपांगतातर्फ १ सिटमा विष्णु सिग्देल विजयी बने । प्रजातान्त्रिक सेनानी तथा सहिद परिवारतर्फ १ सिटमा गोमाकुमारी कोइराला र शोभाचन्द्र बरालको बराबर १ सय ३५ मत आएको छ ।

मुस्लिमतर्फ अब्दुल मजित मिया र श्रमिकतर्फ १ सिटमा माधवप्रसाद बराल विजयी भए । पेसागत तथा बुद्धिजीवीतर्फ १ सिटमा शिरशकुमार बास्तोला विजयी भएका छन् ।

प्रदेश सभामापतिको नतिजा बुधबार नै सार्वजनिक भइसकेको छ । सभापतिमा नवीन बराल विजयी भएका छन् ।

प्रकाशित मिति २०८३ असोज १५ गते बिहीबार ०२:४८
हजुरको प्रतिक्रिया