२०८३ असोज २३ गते शुक्रबार

लोकतन्त्रमाथिको आक्रमण र ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसाको छानबिन हुनुपर्छः सांसद विष्णुमाया विक

लोकतन्त्रमाथिको आक्रमण र ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसाको छानबिन हुनुपर्छः सांसद विष्णुमाया विक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १५ गते बिहीबार ०५:०५

उनले भनिन्, ‘दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन । इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर संगठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो? संसद भवन घेराउ गर्ने, सार्वजनिक सम्पती तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो ?’

पोखरा ।

नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् ।

सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् ।

उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् ।

उनले नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पु¥याएको क्षति दुःखद् रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन । इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर संगठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो? संसद भवन घेराउ गर्ने, सार्वजनिक सम्पती तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो ?’

उनले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरेका नेताहरूमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने संकेत गरिन् ।

उनले वर्तमान सरकारसँग जनादेशलाई संस्थागत गर्ने इमानदारिता नभएको जिकिर गर्दै राजनीतिक स्थिरताका लागि दलविरोधी अभियानहरू घातक रहेको चेतावनी दिइन् ।

प्रकाशित मिति २०८३ असोज १५ गते बिहीबार ०५:०५
हजुरको प्रतिक्रिया