२०८३ साउन २१ गते बिहीबार

भारतमा फैलियो कोरोनाको तेस्रो लहर, एकैदिन थपिए ९० हजारभन्दा धेरै नयाँ संक्रमित

भारतमा फैलियो कोरोनाको तेस्रो लहर, एकैदिन थपिए ९० हजारभन्दा धेरै नयाँ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २२ गते बिहीबार ११:०५

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९० हजार ९२८ नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो २४ घण्टामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या...

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९० हजार ९२८ नयाँ संक्रमित थपिएका हुन्।

अघिल्लो २४ घण्टामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ५८ हजार थियो। एक साताअघिको तुलनामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा कोरोनाको तेस्रो लहर फैलिएको हो।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै पश्चिम बंगालमा १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा नयाँ संक्रमितको संख्या १० हजारभन्दा धेरै छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३२५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहीबार ११:०५
हजुरको प्रतिक्रिया