२०८३ असोज २३ गते शुक्रबार

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदै

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २० गते मंगलबार ०३:०८

निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ ।  खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ ।

काठमाडौँ ।

नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ ।

महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता शुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो ।

पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् ।

निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ ।  खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ ।

विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् ।  चुनावी रौनकले महाधिवेशन स्थलको माहोललाई थप उत्साहजनक बनाएको छ ।

पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि प्रतिष्पर्धा हुन लागेको हो ।

आगामी नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रवन्ध गरेको छ ।

प्रकाशित मिति २०८३ असोज २० गते मंगलबार ०३:०८
हजुरको प्रतिक्रिया