२०८३ असोज २३ गते शुक्रबार

संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २१ गते बुधबार ११:५६

उनले भने, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईं–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ । त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताएका छन् ।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरु आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् ।

उनले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताए । पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस एकढिक्का हुनुको विकल्प नरहेको उनको भनाई छ ।

वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उनको आरोप छ ।

उनले भने, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईं–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ । त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’

उनले तरुण दलको संगठनभित्र एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाली काँग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै उनले आफूलाई सहयोग गर्न पनि तरुणहरुलाई आग्रह गरे ।

प्रकाशित मिति २०८३ असोज २१ गते बुधबार ११:५६
हजुरको प्रतिक्रिया