२०८३ साउन २१ गते बिहीबार

चोरीको दुइटा मोटरसाइकलसहित तीन जना पक्राउ

चोरीको दुइटा मोटरसाइकलसहित तीन जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २२ गते बिहीबार १२:३७

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट दुइवटा मोटरसाइकल चोरी गरिरहेको समयमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेका वीरगञ्ज – १५ का अवधेश महतो, सुवास तिवारी र बाराको कोल्हवी नगरपालिका–९ बस्ने सविन...

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट दुइवटा मोटरसाइकल चोरी गरिरहेको समयमा तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेका वीरगञ्ज – १५ का अवधेश महतो, सुवास तिवारी र बाराको कोल्हवी नगरपालिका–९ बस्ने सविन चौधरीलाई पक्राउ गरेको हो।

वीरगञ्ज–१५ स्थित पार्किङ गरी राखिएको अवस्थामा प्रदेश २–०३–०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै वीरगञ्जको घण्टाघरस्थित सडक छेउमा पार्किङ गरी राखेको ना २५ प ८६६९ नम्बरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा डिउटीमा रहेको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजनालाई चोरीसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहीबार १२:३७
हजुरको प्रतिक्रिया