२०८३ साउन २१ गते बिहीबार

प्रचण्डले बन्द गरे कार्यकर्ता भेटघाट कार्यक्रम

प्रचण्डले बन्द गरे कार्यकर्ता भेटघाट कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २२ गते बिहीबार ०३:१०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका छन् । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् काेराेना भाइरसकाे जाेखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेकाे जानकारी...

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका छन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् काेराेना भाइरसकाे जाेखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेकाे जानकारी दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।’

भेटघाट बन्द हुँदा पर्न जाने अप्ठ्यारोका लागि उनले क्षमा पनि मागेकी छन् ।

दाहालले केन्द्रीय कार्यालयका कमरेडहरूलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गरेकी छन् ।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहीबार ०३:१०
हजुरको प्रतिक्रिया