१ जनाको जिवितै उद्दार
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।
बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका स्याङ्जाका एसपी होविन्द्र बाेगटीले बताएका छन् । एक जनाकाे भने जिवितै उद्दार भएकाे छ । जिवितै उद्धार गरिएकी १६ बर्षीय मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएकाे छ । । १० जनामध्ये उमाकला नेपाली पाहुना रहेको र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

यता, कालिगण्डकी–४ गोतामेडाँडामा गए राति खसेको पहिरोले दुईवटा घर पुरेको छ । गोतामेडाँडामा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति २०७७ असोज ८ गते बिहीबार ११:२९




