२०८३ साउन २१ गते बिहीबार

हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या

हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २३ गते शुक्रबार १२:४६

काठमाडौँ । हाइटीमा एक गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् । हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको...

काठमाडौँ । हाइटीमा एक गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् ।

हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

आक्रमणको कारण र विवरण अस्पष्ट रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो घटनामा तेस्रो पत्रकार भने भाग्न सफल भएको बताइएको छ ।

हाइटियन मिडिया आउटलेट रेडियो इकोउट एफएमले पत्रकारलाई यस क्षेत्रमा सुरक्षाको अभावको रिपोर्टिंग गर्ने क्रममा पहिला गोली हानिएको र जिउदै जलाएर मारिएको बताएको छ ।

आक्रमणहरू पोर्ट-ओ-प्रिन्समा चरम हिंसा र बिग्रँदै गएको सुरक्षा अवस्थाको पृष्ठभूमिमा आएका छन्, प्रतिद्वन्द्वी समूहहरू एकअर्कासँग लडिरहेको बताइएको छ ।

गत वर्ष जुलाईमा, हाइटीका राष्ट्रपति जोभेनेल मोइसेलाई उनको निजी निवासमा आक्रमणको क्रममा हत्या गरिएको थियो, जुन घटनाले हाइटीमा हिंसा र बढ्दो मानवीय संकटलाई झन् संकटमा पुर्याएको छ ।

प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार १२:४६
हजुरको प्रतिक्रिया