२०८३ कात्तिक २८ गते शुक्रबार

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार जिते

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार जिते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १७ गते सोमबार १२:३७

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रुपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तगर्त १० लाख पाउने करदाता घोषणा गरिएको हो ।

काठमाडौँ ।

सरकारले करदाता प्रोत्सान कार्यक्रम अन्तर्गत पुरस्कार घोषणा गरेको छ ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रुपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तगर्त १० लाख पाउने करदाता घोषणा गरिएको हो ।

कात्तिक ५ मा बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।

अर्थ मन्त्रालयमा आज आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जिते ।

१० लाख जित्ने उपभोक्तालाई आन्तरीक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाइ दिएका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थीत थिए ।

प्रकाशित मिति २०८३ कात्तिक १७ गते सोमबार १२:३७
हजुरको प्रतिक्रिया