२०८३ साउन २१ गते बिहीबार

रामेन चाउचाउकाे ब्रान्ड एम्बेसडरमा श्रृखंला खतिवडा

रामेन चाउचाउकाे ब्रान्ड एम्बेसडरमा श्रृखंला खतिवडा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ८ गते बिहीबार १२:१७

पोखरा । पोखरा नुडल्स प्रालिले ’हटपट’ नुडल्स सिरिजका सबै उत्पादनहरूको लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई ब्रान्ड एम्बेसडर अनुवन्ध गरेको छ। हटपट चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले...

पोखरा । पोखरा नुडल्स प्रालिले ’हटपट’ नुडल्स सिरिजका सबै उत्पादनहरूको लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई ब्रान्ड एम्बेसडर अनुवन्ध गरेको छ।

हटपट चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले भनिन् ’हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ । पहिले महँगो पैसा तिरेर अरू अन्तराष्ट्रिय ब्राण्डहरू नै खोज्नुपथ्र्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मुल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउँदै छ।

’हटपट’ले नेपाली नुडल्सलाई अन्तराष्ट्रिय स्तरमै अझै प्रख्यात बनाउनेछ भन्ने विश्वास लिएकी छु। उनले पोखरा नुडल्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्।

उनले नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने बताइन्। श्रृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् ।

पोखरा नुडल्स प्रालि २०४८ सालमा दर्ता भएको हो । पोखरामा अवस्थित यस उद्योग आफ्नो उत्पादन भने २०५१—५२ सालबाट उत्पादन सुरू गरेको हो। रम्बा, बोनस, जोजो यस नुडल्सका चर्चित चाउचाउ ब्राण्ड हुन।

प्रकाशित मिति २०७७ असोज ८ गते बिहीबार १२:१७
हजुरको प्रतिक्रिया